काठमाण्डु – सरकारले संघीय संसद्को अधिवेशन अन्त्य भएको केही दिनभित्रै संवैधानिक परिषद् र सहकारी ऐन लगायतका महत्त्वपूर्ण विषयमा अध्यादेश ल्याउन सिफारिस गरेपछि विपक्षी दलहरूले यसको कडा विरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले सरकारको कदमलाई अलोकतान्त्रिक र असंसदीय ठहर गर्दै तत्काल रोक्न माग गरेको छ…