काठमाण्डु - सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएकाले सबै सेवाहरू बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले समस्या समाधानको कार्य भइरहेको भन्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली बन्द गरिएको हो।…