‘कुलिङ पिरियड’ विवाद : राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफल गर्दै सभामुख

काठमाण्डु– संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड विवादित बनेपछि सांसदहरुले प्रतिनिधि सभाका सभामुखसँग छलफल गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेले अहिले राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफलमा जुटेका हुन् । सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरासहित सदस्यहरूलाई बोलाएर यस विषयमा सोधपुछ गरेका हुन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कुनै पनि कर्मचारी…