शिक्षा विधेयक अलपत्र पारेर संसदीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डु – विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने जिम्मेवारीलाई अलपत्र पारेर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही समय मागेपछि समितिका सभापति अम्मरबहादुर थापाले अर्काे सूचना नभएसम्मका लागि समितिको बैठक स्थगित गरेका छन् । समितिमा अधिकांश विषयमा सहमति भइसके पनि शिक्षक महासंघसँग…