बर्दिया – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम १६० मिलिग्रामसहित बाँसगढी नगरपालिका–३ बेलुवा बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ…