सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने धादिङको थाक्रे गाउँपालिका–५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबूक पेज तथा टेलिग्राम ग्रूपमार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा…