काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।…