काठमाण्डु – सर्वाेच्च अदालतमा विचाराधीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा भोलि शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार जारी बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । बुधबारदेखि सुनुवाइ सुरु भएकोमा…