काठमाण्डु – राजसंस्था पुनःस्थापनाको आन्दोलनमा होमिएको संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सँगसँगै आन्दोलन गर्न प्रस्ताव गरेको छ । जेठ १५ गतेदेखि सुरु गर्न लागिएको आन्दोलनमा साथ खोज्दै समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । मंगलबार पठाएको पत्रमा १५ जेठदेखि सुरु हुने आन्दोलनमा सहभागिताका लागि प्रस्ताव गरिएको…