समानुपातिकतर्फ पनि रास्वपाले स्पष्ट अग्रता लिँदै

काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ। मतगणना जारी रहँदा रास्वपाले आइतबार बिहान ७ बजेसम्म अत्यधिक मत प्राप्त गर्दै अग्रता कायम गरेको छ। आइतबार बिहानसम्म २३ लाख ७४ हजार ६२६ मत गणना हुँदा रास्वपाले ठूलो मतान्तरसहित अगाडी आएको हो। अहिलेसम्म रास्वपाले १२ लाख ३ हजार १२४ मत…