प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने निश्चित

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने निश्चित भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ५ गते अमेरिकाको न्युयोर्क जाने बिहिबारको मन्त्रिपरिषद् बैठकले भ्रमण कार्यतालिका स्वीकृत गरेको हो । महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म चल्नेछ…