प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे : शंकर पोखरेल

सुर्खेत– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजेको बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका हुन्। ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’…