काठमाण्डु - निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्माओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार भेट गरेर स्थानीय तहका रिक्त पदमा मंसिर दोस्रो साता उपनिर्वाचन गर्नेगरी तयारी गर्न सुझाएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त…