देउवा र दाहालसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाण्डु - नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि…