पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्षमा पुग्दै माओवादी केन्द्र

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्ष सुनाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राख्दै अध्यक्ष प्रचण्डले संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी…