बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि

काठमाण्डु-कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३–२ को अन्तरले हराएको हो। अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे। यसअघि ८४ औँ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए। लामिन यमालले दिएको…