यस्तो छ प्रधानमन्त्री नियुक्त भएलगत्तै ओलीले पूर्वराष्ट्रपतिलाई भेट्न जानुको कारण

काठमाण्डु- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपली पुगेका हुन् । भेटवार्तामा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । प्रधानमन्त्री बनेपछि अहिलेसम्म राजनीतिको अवस्थाबारे जानकारी गराउन ओली भण्डारी निवास गएका हुन्। भेटमा उनीहरुबीच पछिल्लो…