काठमाण्डु- प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली चौँथोपल्ट प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका छन् । सोमबार ओलीले पद तथा गोपनीयताको शपथ लिंदै २२ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् । ओली २०७२ असोज २४ मा पहिलो…