प्रतिनिधि सभाको संशोधन राष्ट्रिय सभाबाट सर्वसम्मतिले अनुमोदन

काठमाण्डु – राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधि सभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधि सभाबाट आएको संशोधनलाई सर्वसम्मतिले…