काठमाण्डु– मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई…