रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

काठमाण्डु– रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएको छ । प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर अवतरण गराइएको छ । काठमाडौंमा आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल नै ५ मिनेट अवरुद्ध भयो । हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दियो । अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।