काठमाण्डु– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् । श्रीवास्तवले आइतबार न्यौपानेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् । भेटमा उनले आतंकवादविरुद्धको लडाईं र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकार दृढ प्रतिबद्ध रहेको आश्वासन दिए। बुटवल–११ कालिकानगरका सुदीपको गत वैशाख १०…