बजेट कटौती गरेको भन्दै स्थानीय तहका प्रमुख-उपप्रुमखले घेरे अर्थ मन्त्रालय

काठमाडौँ - समानीकरण अनुदान कटौती गरेको विरोधमा स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् । चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने अनुदान मन्त्रालयले कटौती गरेको थियो । डेढसय भन्दा बढी गाउँपालिका तथा नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखले मन्त्रालयको ढोकामा धर्ना दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक जनाएको प्रतिबद्धताविपरीत आर्थिक वर्ष अन्त्य हुन…