मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नु : प्रधानमन्त्री

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न उद्योगी,व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभा उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्। 'आज हामीलाई सुशासन र विकास चाहिएको छ।…