काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले जिल्ला इन्चार्ज हेरफेरसहित ५ निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको ८३औं सचिवालय बैठकले पार्टीको मुस्ताङ जिल्ला कमिटी इन्चार्जमा कृष्ण नेपाली र स्याङ्जाको इन्चार्जमा अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेका दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय…