काठमाण्डु- नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही मंगलवार जिल्लामा पठाउने भएको छ। नेकपा एसले महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका…