काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग टेलिफोन मार्फत कुराकानी गरेका छन् । आजको संसद बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डले सभामुखलाई केहीबेर बैठक ढिला गर्न आग्रह गरेका हुन् । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदिय समिति नबनाएसम्म संसद चल्न नदिने अडान राखेको छ । गृहमन्त्री लामिछानेले आफूलाई संसदमा बोल्न…