काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम…