एमालेले मिसन २०८४ त्यत्तिकै भनेको होइन : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यतिकै नभनेको बताएका छन् । नेकपा एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मिसन २०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको अभियान भएको बताए । ‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्नेछ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्नेछ, हाम्रो भूमिको रक्षा गर्नुपर्नेछ,’ उनले भने ।…