काठमाण्डु- राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोस्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोस्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् । उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्यूले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को होच्याउने, असंसदीय…