काठमाण्डु – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर गरेको छ । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएकोमा अब १६ जना मात्रै खटाएको छ । मन्त्रालयले सशस्त्र प्रहरी बलका डीएसपी जगदिश हमाल नेतृत्वको टोली हटाएर डीएसपी प्रमोद प्रकाश पाठकको कमाण्डमा १६ जनाको टोली खटाएको छ ।…