काठमाण्डु- सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारी गरेको छ । शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएको निष्कर्ष सरकारले निकालेको छ । सरकारी स्रोतका अनुसार पूर्वराजाकै निर्देशनमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएकोले उनीमाथि पनि छानबिन थालिएको छ । छानबिन थालिएपछि उनी विदेश जान सक्ने आशंकामा उनको राहदानी रद्द गर्ने प्रक्रिया…