पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । उनको सचिवालयका स्वकीय सचिव रेखी गुरुङद्वारा बुधबार जारी प्रेस नोटमा भ्रमणका क्रममा भएका विभिन्न प्राज्ञिक तथा राजनीतिक गतिविधिहरूबारे जनाइएको छ । भ्रमणका क्रममा डा. भट्टराईले मुम्बईस्थित आईआईटी बम्बईमा आयोजित टेकफेस्टमा सहभागी भई ‘दक्षिण एसियामा लोकतन्त्रको भविष्य: युवा, प्रविधि र समावेशी…