काठमाण्डु - रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान चीनतर्फबाट पानीको बहाव बढेर बाढी आउँदा टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो। प्राधिकरणले अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली…