काठमाण्डु – नेपाली सेनामा पदोन्नति भएका सैन्य अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधानसेनापति अशोक राज सिग्देलले हालै पदोन्नति भएका ३ वरिष्ठ सैन्य अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । जङ्गीअड्डामा मंगलबार आयोजित विशेष समारोहबीच प्रधानसेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिह्नबाट सुशोभन गरेका छन् । सरकारको निर्णयअनुसार २०८२ पुस ३ गतेदेखि लागू हुने गरी सहायक…