काठमाण्डु - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको हो । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाण्डु जिल्ला अदालत पेस गरेको थियो…