मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका–१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग१२प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको…