काठमाण्डु – सरकारले मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेकी हुन् । बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । ३ महिनाभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न…