काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै संसद बैठकमा विरोध भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदले लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै गृहमन्त्री बनाएकोप्रति विरोध जनाएका हुन् । जसअनुसार संसद बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि…