राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपति पौडेलबाट लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिएका हुन् । विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रियसभा नियमावली २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम नवनिर्वाचित राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायणप्रसाद…