काठमाण्डु – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी नेकपा माओवादी केन्द्रले सधैं धोकाधडीको राजनीति गर्दै आएको आरोप लगाएका छन् । आज सोमबार पूर्वी नवलपरासीको पिठौलीमा प्रजातन्त्र सेनानी एवं कांग्रेस नेता कुमबहादुर गुंगको शोकसभामा बोल्दै उनले प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए पनि त्यो गठबन्धन सरकारको भविष्य लामो नरहेको…