नेकपा एसको महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गरिने

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले आसन्न १०औँ महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ । विहीवार बसेको पार्टीको दस्तावेज मस्यौदा समितिको बैठकले आसन्न १०औँ महाधिवेशनमा एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको हो । महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिकलगायत विषय समेटेर एउटा मात्र दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए…