काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच झन्डै एक घण्टा भेटवार्ता भएको हो। संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्बाट पारित गर्नेबारे उनीहरुबीच छलफल भएको छ । त्यस्तै सत्ता गठबन्धनमा खटपट भइरहेका बेला ओली र प्रचण्डबीच भेटवार्ता हुनुलाई…