काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएका कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् । पदमुक्त भएका घिसिङले वारेसमार्फत अदालतमा रिट निवेदन पेश गरेका छन् । उनको निवेदनबारे सर्वोच्च प्रशासनले भोलि बिहीबार अध्ययन गर्नेछ । घिसिङले वारेसमार्फत पठाएको निवेदन बुधबार साँझ ५ बजेतिर पुगेकाले बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढाइने सर्वोच्च…