काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले अयोध्याको प्राण प्रतिष्ठा समारोह सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण भएको भन्दै मोदीलाई बधाई दिएका हुन् । देउवाले जय श्रीरामको नारासहित अयोध्या प्रकरणमा कांग्रेसको समर्थन जनाएका हुन्…