काठमाण्डु– अमेरिकाले युक्रेनलाई दिदैँ आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले उल्लेख गरेको छ । यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि…