आज र भोलि अधिकांश ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डु- हिउँदे अवधि सकिने अन्तिम २ दिन बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुने भएको छ । जसका कारण देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ…