राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गयो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताएका छन् । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाण्डुमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताए । ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक…