सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ६५ वर्षीय लक्ष्मी प्रसाद देवकोटा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार ५०० रूपैयाँ र २ बूक ताससहित पक्राउ गरेको हो । जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।