ललितपुर – ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरिरहेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्कनजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय लगनखेलको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । सिराहाको लहान नगरपालिका–१५ घर भई काठमाण्डु महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई १६…